Dhulikhel Eco Banner new

सबैले मेहनत गरे अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ : पूर्व अध्यक्ष ढकाल

6.2K
shares

काठमाडौं, ३ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले अर्थतन्त्रलाई सुधार गर्ने विषयमा निचाड निस्कने गरी काम नभएको बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा अध्यक्ष ढकालले अहिलेको अवस्थाका विषयमा छलफल भए पनि निचोड निस्कीन नसकेको बताएका हुन् ।

‘अर्थतन्त्रको विषयमा छलफलहरु भएका छन् । तर ती छलफलले निचोड निकाल्न सकेनन्,’ उनले भने । अहिलेको अवस्थाको विषयमा कुनै पक्षले पनि ध्यान नदिएको उनको भनाइ छ । कुनै पनि सरकारले उत्पादन क्षेत्रमा ध्यान नदिएका कारण अहिलेको अवस्था आएको उनले बताए । सबैले आफ्नो डम्फु फुक्ने काम मात्रै गरेको उनको तर्क थियो ।

अहिलेको अवस्थामा व्यवसायीले बजारमा प्रतिपस्र्धा गर्नका लागि नै निकै गारो भइरहेको उनको भनाइ छ । ‘८ प्रतिशत ब्याजमा ऋण लिएर काम गर्दा १६ प्रतिशत नाफामा सामान बिक्री गर्दा पनि ८ प्रतिशत नाफा हून्छ भन्नेर लगानी गरेको व्यवसायीहरु अहिले १७ प्रतिशत नै ब्याज तिर्नु पर्ने भए पछि कसरी व्यवसायी बाँच्न सक्छ ?’ उनले भने ।

अहिलेको अवस्थाबाट पार पानउका लागि सबै पक्ष मिलेर काम गर्नु पर्ने उनले बताए । उत्पादनमा विषेश ध्यान दिएर लाग्ने हो भने केही समयमा अहिलेको अवस्थाबाट पार पाउन सकिने उनको भनाइ थियो । नाफा गर्नका लागि व्यवसाय गर्न लिएको पैसाको आम्दानीले अहिले ब्याज समेत तिर्न नसकिने अवस्था आएको उनको भनाइ छ ।