Dhulikhel Eco Banner new

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

4.95K
shares

काठमाडौं, ३ वैशाख । पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ६०४ जनाको नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५० जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना सङ्क्रमण बढ्दै गएको र सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पनि बढेकाले सतर्कता अपनाउन डाक्टरहरूले सुझाव दिएका छन् ।