Dhulikhel Eco Banner new

सप्तरीमा दुई पक्षबीच झगडा हुँदा १० जना घाइते

6.49K
shares

सप्तरी, ४ वैशाख । सप्तरीमा दुई पक्षबीच झगडा हुँदा १० जना घाइते भएका छन् । सोमबार सप्तरीको बिष्णुपुर गाउँपालिका ४ मा वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा भएको वादविवादलाई लिएर भएको झगडामा १० जना घाइते भएका हुन् ।

घाइते हुनेमा छुट्याउने गएका एक जना पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दुई पक्षबीचको झगडा छुटाउन जाँदा स्थानीय देवानन्द कुमार साहको टाउकोमा चोट लागेको छ । यस्तै, सो झगडामा रन्जित खंग, राजाराम खंग, भुबिन्द्र खंग, रमेश खंग, रामसुनार देबी, बिनोद खंग, अशोक खंग, सुरजि कुमारी खंग र धर्म देव मण्डल घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

घाइतेहरुको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।