लन्डन म्याराथनमा नेपाली भेट्रान खेलाडी
वि.सं.२०८० वैशाख ४ सोमवार १८:०८
shares

काठमाडौं, ४ वैशाख । लन्डन म्याराथनमा सहभागी हुन ३ पुरुष भेट्रान खेलाडीसहित ४ सदस्यीय नेपाली भेट्रान टोली बुधबार लन्डन प्रस्थान गर्ने भएको छ । अप्रिल २३ तारिखमा हुने म्याराथनमा सहभागिता जनाउनका लागि रामकृष्ण महर्जनले, शम्भुप्रसाद दाहाल र सञ्जिव अर्यातल त्यसतर्फ प्रस्तान गर्ने भएका हुन् ।
महर्जनले ६५–७० वर्ष, दाहालले ६१–६५ वर्ष र अर्यालले ४०–४५ वर्ष उमेरसमूहको म्याराथनमा भाग लिने छन् । सबैले फुल म्याराथनमा भाग लिने छन् । अफिसियलमा राधा महर्जन छिन् । सबैसंग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यस मध्ये सबैभन्दा बढी अनुभवी रामकृष्ण हुन् ।
उनले लन्डन म्याराथनअघि विभिन्न २१ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । सहभागिता जनाएको प्रतियोगितामा हालसम्म रामकृष्णले विभिन्न स्पर्धामा ३ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जितेका छन् । रामकृष्णले सहभागिता जनाएको प्रतिष्ठित म्याराथनमा बोस्टन, बर्लिन, टोकियो, सिकागो र न्युयोर्क सिटी म्याराथन हुन् ।
टोलीलाई बैकुण्ठ मानन्धर खेलकुद नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच दिबाइ ग¥यो । बैकुण्ठ मानन्धर खेलकुद नेपालका अध्यक्ष दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, एथलेटिक्स कर्मीलगायतले सोमबार बिदाइ गरे ।



















