संविधान नयाँ भए पनि संस्कृतिमा पुरानो जरा कायमै छ : मन्त्री किराती
वि.सं.२०८० वैशाख ४ सोमवार १८:२४
shares

काठमाडौं, ४ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ संविधान आए पनि संस्कृतिमा पुरानो जरा कायम रहेको बताएका छन् । सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३९ औ प्राज्ञ सभालाई उद्घाटन कार्यक्रममा मन्त्री किरातीले राजनीति व्यवस्था फेरियो, संविधान नयाँ आयो तर संस्कृतिले पुरानै जरा कायम गरेको बताएका हुन् ।
‘अहिले हामी यस्तो परिस्थितिमा छौंँ । राजनितिक व्यवस्था फेरिएको छ । संविधान नयाँ आएको छ । हाम्रो संस्कृतिमा पुरानो जरा कायम छ । नयाँ संस्कृती जन्मन प्रसव पिडा समाजले खेपिरहेको छ । त्यो सँघारमा हामी छौँ । आज हामी युगीन परिस्थितिमा छौँ । हामी व्यक्तिको परीक्षामा छैनौँ । हामी युग र व्यवस्था फेल हुने परिस्थितिमा छौँ,’ मन्त्री किरातीले भने । उनले आफु आम व्यक्तिको संरक्षक भएको नाताले युगिन परीक्षामा रहेको पनि बताए ।
पशुपति क्षेत्र विकास कोषमा परीक्षण गर्दा मालामा, दाउरामा, लाशमा भ्रष्ट्राचार र ठेक्कामा कमिसन, दोहोरो संस्थामा सुविधा, पशुपति विकास कोष भित्र सुविधा मात्र नभइ दादागीरि हुने गरेको पाएको उनको भनाइ छ । भुकम्प पछि कोरोना र त्यसले निम्ताएको समस्याले व्यवसायहरु चौपट भई बैंकको महङ्गो ब्याजसँगै सबै व्यवसाय अप्ठेरोमा परेको बताए । ‘अहिले गाउँमा आमा समुह बटुल्ने ऋण दिने, ऋण लिएर मोवाईल किन्ने उत्पादन छैन । ऋण तिर्न नसक्दा आत्महत्या दर बढेको छ,’ उनले भने ।



















