Dhulikhel Eco Banner new

मलेसिया विरुद्ध नेपाली टोली बलिङमा, मलेसियाको ठोस सुरुवात

7.25K
shares

काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमो नेपाली टोलिले मलेसिया विरुद्ध टर हारेर पहिले बलिङ गरिरहेको छ । मलेसियाले टस जितेर पहिले ब्याट्रि गर्ने निर्णय गरेपछि अहिले नेपाली टोलिले बलिङ गरिरहेको हो ।

टस जितर पहिले ब्याटिङ गरेको मलेसियाले ठोस सुरुवात गरेको छ । यो समाचार तयार पर्दा सम्म मलेसियाले २९ ओभरमा १ विकेट गुमाएर १२० रन बनाएर खेलिरहेको छ । नेपालका लागि गुल्सन झाले एक विकेट लिएका छन् ।

यो प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउने भएकाले प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ । पछिल्लो समय निकै राम्रो लयमा रहेको नेपाली टोलि आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवता गर्ने योजनामा रहेको छ । नेपाल घरेलु मैदानमा पछिल्ला ११ खेलमा अपराजित रहेको छ ।

मलेसिया पनि नेपाललाई हराएर प्रतियोगितामा जितबाट सुरुआत गर्ने योजनामा छ । नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध हार व्यहोरेको छैन । पछिल्लो पटक नेपालले २०१८ मा मलेसियासँग एसिया कप छनोटमा प्रतिस्पर्धा गरेको थियो । मलेसियामै भएको खेलमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।