सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो
वि.सं.२०८० वैशाख ५ मंगलवार ११:२६
4.38K
shares
shares

काठमाडौं, ५ वैशाख । आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य सामान्य घटेको छ । अघिल्ला दुई दिन पनि स्थिर रहेको सुनको मूल्य तोलामा १ लाख १० हजारमा कारोबार भइरहेको हो ।
सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज तोलामा १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।



















