Dhulikhel Eco Banner new

आठौँ ऊर्जा सम्मेलन सुरु

4.73K
shares

काठमाडौं, ५ वैशाख । काठमाडौंमा आजदेखि आठौँ ऊर्जा सम्मेलन सुरु भएको छ । हरित ऊर्जाको बजार विस्तारीकरण भन्ने नाराका साथ आठौँ ऊर्जा सम्मेलन सुरु भएको हो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा भारत, बङ्लादेश, भुटान, श्रीलङ्का लगायत ३० भन्दा धेरै देशका ३०० जना अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी भएका छन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, पावर ट्रेडिङ कम्पनी, विद्युत् उत्पादक, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनीलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरूको पनि सम्मेलनमा सहभागिता रहने छ ।

सम्मेलनको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान) हो । ईपानका अनुसार सम्मेलनमा विद्युतको लागत कसरी घटाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशको अनुभवका विषयमा पनि छलफल हुनेछ । सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर पनि हुने बताइएको छ ।