Dhulikhel Eco Banner new

मलेसियाद्धारा नेपाललाई २३६ रनको लक्ष्य प्रस्तुत

7.64K
shares

काठमाडौं, ५ वैशाख । । एसीसी प्रिमियर कप क्रिकेटमा मलेसिया विरुद्धको खेल जित्नका लागि नेपाली टोलिले २३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाए पछि नेपाले सो लक्ष्य पाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै विरनदीप सिंह ४६ रन बनाए । खिजर हयात २२ रनमा आउट भए । त्यस्तै स्याजरुल इजत इद्रसले २१ रनको योगदान दिदा ओपनर मोहम्मद अमिर अजीम १७ रनको पारी खेले । बलिङ तर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । त्यस्तै ललित नाराण राजवंशी र २ विकेट लिए भने गुल्सन झाले एक विकेट लिए ।

यो प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउने भएकाले प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ । पछिल्लो समय निकै राम्रो लयमा रहेको नेपाली टोलि आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवता गर्ने योजनामा रहेको छ । नेपाल घरेलु मैदानमा पछिल्ला ११ खेलमा अपराजित रहेको छ ।

मलेसिया पनि नेपाललाई हराएर प्रतियोगितामा जितबाट सुरुआत गर्ने योजनामा छ । नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध हार व्यहोरेको छैन । पछिल्लो पटक नेपालले २०१८ मा मलेसियासँग एसिया कप छनोटमा प्रतिस्पर्धा गरेको थियो । मलेसियामै भएको खेलमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।