Dhulikhel Eco Banner new

मिटरब्याज पीडितद्धारा गृहमन्त्रीको राजिनामा माग

5.16K
shares

काठमाडौं, ५ वैशाख । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै मिटरब्याज पीडितहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । सोमवार शान्तिबाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरुले मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गर्दै राजिनामा समेत माग गरेका हुन् ।

आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नु परेको मिटरब्याज विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहले बताएका छन् । उनले आफूहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने पनि बताए ।

मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो छ ।