Dhulikhel Eco Banner new

बनेलीको GRAB THE DEAL नयाँ सफर दमदार अफर

6.4K
shares

काठमाडौं, ५ वैशाख । केटिएम इन्टरनेशलन ट्रेडिङ प्रा. लि. बेनेली मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसमार ‘नयाँ सफर दमदार अफर’ योजना ल्याएको छ । केटिएम इन्टरनेशनल बेनेली मोटरसाइलको नेपालमा आधिकारीक बिक्रेता हो ।

इटालीमा निर्मित विश्वभरीमा बढी बिक्री हुने मोटरसाइकलले ल्याएको यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेछ । यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्छन् । जसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, FY २०८०/८१ को Road Tax  सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुनेछन् ।

यस अफरबाट तीन वटा फाइदा लिन सकिने छ । जस अन्तर्गत ३५ हजार नगद छुट, १२ हजार बराबरको बेनेलीको हेल्मेट, FY  २०८०/८१ को Road Tax (सरकारी नियम अनुसार) तथा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने छ ।

बेनेली नेपालले निम्न मोडलका मोटरसाइकलहरु उपलव्ध गराउदै आएको छ ।

TNT15 – कम्प्युटरबाट चेक गर्न सकिने र सुलभ मूल्यमा उपलब्ध छ ।
TNT150i– राम्रो बनावट, आकर्षक लुक्स, डाउन फोक्र्स र इएफआई सिष्टम उपलब्ध छ ।
180S – आरामदायी मोडलमा उपलब्ध छ ।
TRK251 – ग्राहकको रोजाई अनुसार मनोरञ्जन र साहासिक यात्राको लागि उपयुक्त छ ।
302S – यसमा विशेष डिजाइन सहित दुईवटा इञ्जिनले युक्त छ ।
TNT600i – यो मोटरसाइकल चार सिलिण्डरले युक्त छ ।
725S– यसमा बढी पावरयुक्त इञ्जिनको क्षमता छ ।

सन् १९११ मा स्थापित इटालियन दुई पाङग्रे सवारीसाधन बेनेली विश्वकै बलियो र स्पोर्टस् मोटरसाइकल उत्पादन गर्ने एउटा लोकप्रिय ब्राण्ड हो । बेनेलीको उत्कृष्ट प्रविधिले चालकहरुलार्ई सम्पूर्ण सुविधा, सुरक्षा र सवारीको आनन्द प्रदान गर्दछ । बेनेलीका चालकले सर्वोत्कृष्ट उत्पादनका साथै सन्तुष्टिको भावनात्मक नाता पनि स्थापित गर्न पुग्दछ । ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखी बेनेलीले निम्न मोडल र मूल्यका मोटरसाइकल नेपाली बजार ल्याएको छ ।