हिमालयन बैंकको वितरण योग्य मुनाफा ऋणात्मक
वि.सं.२०८० वैशाख ७ बिहीवार ०९:२१
shares

काठमाडौं, ७ वैशाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिसम्म हिमालयन बैंकको नाफा वृद्धि भएको छ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकको नाफा २४.९६ प्रतिशतले बढेको छ ।
नौ महिनाको अवधिमा बैंकले १ अर्ब ७३ करोड ८८ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले १ अर्ब ३९ करोड १५ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैैंकको विवतरण योग्य नाफा भने १ अर्ब ३२ करोड २९ लाख ८८ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।
चैत मसान्तसम्म बैकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढाउन सहयोग गरेको छ । खुद ब्याज आम्दानी ९३.१३ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड २९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २६.४३ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ५९ लाख १६ हजार रुपैयाँ पुगेको छ ।



















