Dhulikhel Eco Banner new

प्राइम बैंकको नाफा ९ प्रतिशतले घट्यो

5.51K
shares

काठमाडौं, ७ वैशाख । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा प्राइम कमर्सियल बैंकको नाफा ९ प्रतिशतभन्दा बढीले घटेको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा ९.३५ प्रतिशतले नाफा घटेको हो ।

चैत मसान्तसम्म बैंकले २ अर्ब ४६ करोड ७५ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ७२ करोड २० लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १८.७ प्रतिशतले बढेर ५ अर्ब ४७ करोड २५ लाख ७३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ९.६४ प्रतिशतले घटेर ३ अर्ब ५२ करोड ३९ लाख ४३ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.९४ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा रहेको छ ।