Dhulikhel Eco Banner new

कुमारी बैंकको नाफा १ अर्ब ८२ करोड

5.85K
shares

काठमाडौं, ७ वैशाख । कुमारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म १ अर्ब ८२ करोड भन्दा बढीको नाफा कमाएको छ । बैंकले सार्वजनि गरेको तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार १ अर्ब ८२ करोड २ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

यो गत वर्षको सोही वअधिको तुलनामा ०.९७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८० करोड २७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । वित्तीय विवरण अनुसार अवधिमा बैंकको वितरणयोग्य नाफा ९९.६६ प्रतिशतले २८ लाख ८६ हजारमा सिमित भएको छ । गत आवको सोही अवधिमा ८७ करोड १६ लाख ७६ हजार रुपैयाँमा रहेको थियो ।

नौ महिनामा बैंकको खुद ब्याज आम्दानी ८४.७५ प्रतिशतले बढेर ७ अर्ब ४७ करोड ७१ लाख १६ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा २७.८२ प्रतिशतले घटेर १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।