Dhulikhel Eco Banner new

एनआइसी एशिया बैंकको नाफा ४ अर्ब बढी

5.38K
shares

काठमाडौं, ७ वैशाख । एनआइसी एशिया बैंकले चालु आर्थिक तेस्रो त्रैमासिकसम्म ४ अर्ब बढीको नाफा कमाएको छ । बैंले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म ४ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ नाफा कमाएको हो ।

यो नाफा गत आर्थिक वर्षको तुलनामा ११.३८ प्रतिशतले बढी हो । गत वर्षको सोही अधिमा बैंकको नाफा ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैयाँ रहेको थियो । चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार आएको छ । बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशतले बढेर ९ अर्ब २१ करोड ७० लाख ३३ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १३.१० प्रतिशतले बढेर ५ अर्ब ७८ करोड ३१ लाख १० हजार रुपैयाँ रहेको छ ।