Dhulikhel Eco Banner new

नविल बैंकको नाफा ५२ प्रतिशतले बढ्यो

6.96K
shares

काठमाडौं, ७ वैशाख । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा नविल बैंकको नाफा ५२ प्रतिशतभन्दा बढीले बढेको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार ५२.६३ प्रतिशतले नाफा बढेको हो ।

चैत मसान्तसम्म बैंकले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो । ९ महिनाको विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब ७७ करोड २० लाख ९५ हजार रुपैयाँ रहेको छ । यो अवधिमो बैंकको बैंकको खुद ब्याज आम्दानी र सञ्चालनमा आएको सुधारले नाफा बढाउन सहयोग गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड ११ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ५६.५४ प्रतिशतले बढेर ७ अर्ब ४८ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोड ४२ लाख ९७ हजार रुपैयाँ रहेको छ ।