Dhulikhel Eco Banner new

ब्याजदर बढ्ने र आर्थिक मन्दीसँगै सुरु हुँदा समस्या थप जटिल बन्यो : उपाध्यक्ष मल्होत्रा

5.97K
shares

काठमाडौं, ८ वैशाख । नेपाल चम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले आर्थिक मन्दीका कारण अहिले व्यवसायीहरु निकै मारमा परेको बताएका छन् । शुक्रबार केटिएम भ्वाइसको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्होत्राले अहिले निजी क्षेत्र निकै समस्या रहेकाले यसलाई सुधार गर्नका लागि सरकारले ध्यान दिनु पर्ने उनले बताएका हुन् ।

अहिलेको अवस्थाका विषयमा जसले जे भने पनि सबैभन्दा ठूलो समस्या भनेको बढेको बैंकको ब्याजदर नै हो,’ उनले भने । पहिले पनि ब्याजदर बढेको भन्दै अहिले आर्थिक मन्दी पनि आएकाले समस्या भएको उनको भनाइ थियो । ‘आजभन्दा पहिले पनि बैंकको ब्याजदर बढेको थियो, त्यो समयमा आर्थिक मन्दी थिएन र समस्या जटिल बन्न पाएन तर अहिले आर्थिक मन्दी पनि सँगै आयो र समस्या पार्‍यो,’ मल्होत्राले भने ।

पहिले ब्याजदर बढेको समयमा व्यापार पनि भएकाले समस्या नआएको भन्दै अहिले व्यापार पनि नभएका कारण समस्या आएको उनको भनाइ थियो । अहिले नयाँ उद्योग व्यवसाय गर्नका लागि कसैले पनि लोन लिन नसकेको भन्दै यो निकै दुःखत भएको उनले बताए । ‘नयाँ व्यवसाय गर्नका लागि ऋण लिने हो भने अहिले व्यापार नभएकाले ऋण लिन नसकेकको उनको अवस्था छ,’ उनले भने । अहिले ऋण तिर्नका लागि ऋण लिइरहेको अवस्था रहेको उनले बताए ।

केही समन्वय अभावका कारणले यो अवस्था आएको भन्दै समन्वय गरेर समस्या समाधानका लागि ध्यान दिनु पर्ने आवश्यकता रहेको उनले बताए । राष्ट्र बैंकले समन्वय गरेर समाधान गर्नु पर्ने उनको भनाइ थियो । १०/११ प्रतिशत ब्याज भएको खण्डमा पनि अहिलेको अवस्थाबाट पार पाउन सकिने उनको भनाइ थियो ।