Dhulikhel Eco Banner new

नीतिगत कारणले व्यवसायीहरु मारमा परे : वरिष्ठ उपाध्यक्ष अग्रवाल

5.88K
shares

काठमाडौं, ८ वैशाख । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले व्यवसायी सटरहरु खालि बन्दै गएको बताएका छन् । शुक्रबार केटिएम भ्वाइसको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष अग्रवालले आर्थिक मन्दीका कारण व्यवसायीहरु सटर बन्द गरेका बसेको बताएका हुन् ।
अहिलेको अवस्था कायम रहेने हो भने व्यवसायीहरु विदेश पलायन हुने अवस्था आउने उनको भनाइ थियो । अहिलेको अवस्थामा व्यवसायीलाई उत्साहित हुने नीतिको आवश्यकता रहेको उनले बताए । ‘अहिले व्यवसायीहरु सटर बन्द गरेर विदेश पलायनको अवस्थामा छन्, यसलाई रोक्नका लागि व्यवसाय मैत्री नीतिको आवश्यकता छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण अहिलेको अवस्था आएको भन्दै यसमा अहिले विदेशी मुद्राको सञ्चिमा सुधार आएको अवस्थामा नीति परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो । अहिले सोधनान्तर घाटामा पनि सुधार भएकाले अर्थतन्त्रलाई सुधार गर्नका लागि न्यून ब्याजदर कायम गर्नु पर्ने उनको धारणा थियो । ‘बैंकको ब्याजदर एकल विन्दुमा नल्याएसम्म अर्थतन्त्र सुधार हुँदैन् । अर्को तर्फ चालू पुँजी कर्जा निर्देशीकाले व्यवसायीहरुलाई कालान्तरमा वित्तीय पहुँचमा पु¥याउन सक्दैन,’ उनले भने ।
नीतिगत कारण व्यवसायीहरुलाई धेरै नोक्सानी भएको भन्दै यसमा सरकारले ध्यान दिनु पर्ने उनको भनाइ थियो । ‘व्यवसायीहरुले व्यवसायबाट हुने नाफा नोक्सानलाई सहन सक्छ तर नीतिगत रुपमा भएको नोक्सानीलाई व्यवसायीले धान्न सक्दैन्,’ उनले भने ।