Dhulikhel Eco Banner new

अकेरिकी डलरको मूल्य स्थिर, कुन देशको विनिमयदर कति ?

4.63K
shares

काठमाडौं, १० वैशाख । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आइतबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा पुगेको छ ।

त्यस्तै आइतबारका लागि तोकिएको विदेशी विनियमदर अनुसार पाउण्डको खदिरदर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा पुगेको छ । आइतबार युरोको मूल्य पनि स्थिर रहेको छ । युरोको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा पुगेको छ ।

राष्ट्र बैंकले आइतबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४ पैसा, क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३४ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ १४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५८ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा रहेको छ ।