Dhulikhel Eco Banner new

सर्वसाधारणका लागि मोदी इनर्जीको आईपीओ खुल्दै

5.45K
shares

काठमाडौं, १० वैशाख । मोदी इनर्जी कम्पनीले सर्वसाधारणका लागि साधारण साधारण शेयर (आईपीओ ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको शेयर बाँडफाँट गरेपछि अब आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले निष्काशन गरेको ७२ लाख ५० हजार कित्ता शेयरमध्ये ५९ लखा ९४ हजार ४२० कित्ता शेयर आम सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले निष्काशन गरेकोमध्ये २९ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई, ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिएको छ ।

त्यस्तै ३ लाख २२ हजार २८० कित्ता शेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याएको छ । बाँकी रहेको ५९ लाख ९४ हजार ४२० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन वैशाख १९ देखि २४ गतेसम्म दिन सकिने छ । आईपीओमा सी आस्वा सदस्य भएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट पनि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सनराइज ब्यापिटल रहेको छ ।