Dhulikhel Eco Banner new

मतदानस्थलमा पैसा बाँड्ने जसपाका ४ जना कार्यकर्ता पक्राउ

12.3K
shares

बारा, १० वैशाख । बाराको देवताल गाउँपालिका–२ कल्याणपुरस्थित मतदानस्थलमै भोटका लागि पैसा बाँड्दै हिँडेका जसपाका उम्मेदवार उपेन्द्र यादवका चार जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जना जनता समाजवादी पार्टी नेपालका कार्यकर्ता हुन् ।

स्थानीय मतदाताका अनुसार उपेन्द्र यादवको कार्यकर्ताले मतदातालाई प्रभावमा पार्न पैसा बाँडिरहेका थिए । अन्य पार्टीका कार्यकर्ताले थाहा पाएपछि हो–हल्ला भएसँगै ती चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मतदानस्थल बाहिर हो–हल्ला गर्ने ४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

‘उनीहरु बाहिर जिल्लाका रहेको बुझिएको छ, अन्य सबै मतदानस्थलमा शान्तिपूर्ण ढंगले मतदान जारी रहेको छ,’ उनले भने ।