धनुषामा अमेरिकन टलविन लाइफ नेटवर्किङ ब्राउजरबाट ठगी गर्ने ६ जना पक्राउ
वि.सं.२०८० वैशाख १० आइतवार १८:४९
shares

काठमाडौं, १० वैशाख । धनुषा प्रहरीले अनलाइन ठगी गर्ने ६ जनालाई पक्राउ गरेका छन् । धनुषा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी ६ जनालाई सार्वजनिक गरेको हो ।
उनीहरूले अमेरिकन टलविन लाइफ नेटवर्किङ ब्राउजरबाट एक हजार ९१ जनालाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो व्यक्तिहरूबाट चार हजार ५०० नेपाली रुपैयाँको दरले करिब ४९ लाख ९ हजार ५०० रुपैयाँ रकम ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक ‘एसपी’ विश्वराज खड्काले जानकारी दिए ।
प्रतिव्यक्तिबाट ३० रुपैयाँ अमेरिकी डलर लिएर चयनमा जोड्ने र अन्य व्यक्तिलाई पनि नेटर्वकिङमा आबद्ध हुन उनीहरूले प्रलोभन दिने गरेका थिए । सोबापत पहिलो व्यक्ति प्रत्यक्ष सदस्य बनाउनेले ५० प्रतिशत कमिसन आउने गरेको थियो भने बाँकी कम्पनीलाई जान्थ्यो ।
प्रहरीले धनुषा विदेह नगरपालिका–१ का ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका–३, लग्माका २५ वर्षीय रंजित नुनिया, जनकपुरधाम उपमहानगरपालिका–१७ का ३३ वर्षीय अन्देश महतो, जनकपुरधाम–१६ का पप्पु पूर्वे, वडा नम्बर १२ का ४८ वर्षीय उसवान अन्सारी र सोही ठाउँका २० वर्षीय मोहमद जिलानी साफीलाई पक्राउ गरेको हो ।



















