Dhulikhel Eco Banner new

धितोपत्र बोर्डको बद्मासी– हिमालयन स्टक एक्सचेञ्जका नाममा लियो २ आवेदन

18.53K
shares

काठमाडौं, १० वैशाख । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि दिएको आवेदनमा पहिले नै आवेदन दिएको नाममा पुनः अर्को आवेदन परेको छ । करिब १४ वर्ष अघि नै आवेदन परेको र विधिवत रुपमा त्यो आवेदन रद्द समेत नभएको अवस्थामा हिमालयन स्टक एक्सचेन्जको नाममा नयाँ कम्पनीले लाइसेन्स माग गरेर आवेदन दिएको हो ।

बिधिवत रुपमा धरौटि सहित प्रकृया पु¥याएर दिएको निबेदन रद्द नगरि सोही नाममा अर्थात हिमालयन स्टक एक्सेन्ज लि.को नाममा अर्को कम्पनीको आवेदन दर्ता गरिएको छ । वि.स २०६६ साल मंसिर १५ गते हिमालयलन एटक एक्सेचेन्ज नामको कम्पनीलाई लाइसेन्स दिनका लागि आवेदन परेको थियो । १४ वर्ष अघि परेको आवेदनलाइ धितोपत्र बोर्डले कुनै कामकारबाही नगरेर नयाँ सोही नामको कम्पनीको आवेदन लिनुलाई पहिले आवेदन दिएका कम्पनी सञ्चालकले आपत्ति जनाएका छन् ।

सर्वोच्च अदालतमा वकालत गरिरहेका अधिवक्ता अमृत खरेलले यो कार्य गलत भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै गम्भीर लापरबाही र गैरकानूनी काम भएको बताएका छन् ।

रद्द भएको सूचना पनि ननिकालिएको र आफूहरुलाई पनि कुनै जानकारी नभएको हिमालयन स्टक एक्सचेन्जको अनुमित माग्दाका अध्यक्ष रमेश भट्टराईको भनाइ छ । ‘रद्द गरेको सुचना निकाल्नु पर्छ वा हामीलाई रद्दको लिखित जानकारि दिनु पर्ने हो ।

धरौटि फिर्ता गर्नु पर्छ अनि पो विधिवत रद्द मानिन्छ, तर त्यस्तै कुनै पनि प्रक्रिया पुरा नगरेकाले यसलाई रद्द भएको मान्न सकिदैन्,’ उनले भने ।

२०६६ सालमा परेको आवेदनको कुनै पनि प्रक्रिया नसकेर अहिले शंकर ग्रुप सहित नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरु रहेको हिमालयन स्टक एक्सचेन्जको आवेदन परेको छ । यस विषयमा बुझ्न धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई सम्पर्क गर्दा फोन उठेन ।