Dhulikhel Eco Banner new

नयाँ स्टक एक्सचेन्जका लागि तीन र कमोडिटीज एक्सचेन्जका लागि ४ कम्पनीको आवेदन

5.59K
shares

काठमाडौं, ११ वैशाख । नयाँ स्टक एक्सचेन्जका लागि तीन वटा र कमोडिटी एक्सचेन्जका लागि चार वटा कम्पनीले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले आवेदन माग गरेको समय आइतबारसम्म उक्त संख्यामा लाइसेन्सका लागि आवेदन परेको हो ।

नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्कट एक्चेन्ज, नेशनल स्टक एक्चेन्ज अफ नेपा र अन्तपूर्ण स्टक एक्चेन्जको आवेदन परेको छ । यी तीन वटा कम्पनीमध्ये एउटाले स्टक एक्सचेन्जका लागि लाइसेन्स प्राप्त गर्ने छ । हिमालयनमा शंकर ग्रुप र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व नेताहरुको लगानी रहेको छ । जसमा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, भवानी राणा, निवर्तमान अध्यक्ष शेखर गोल्छा, राजेन्द्र खेतान, सौरभ ज्योतिलगायतको लगानी छ ।

यस्तै नेसनल स्टकमा सिद्धार्थ ग्रुप, दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, अग्नि ग्रुपलगायतको मुख्य लगानी छ । नेसनलमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, हालका अध्यक्षद्वय बद्री केसी र कुल आचार्यको लगानी छ ।

अन्नपूर्ण स्टक एक्सचेन्जमा सुरेन्द्रराज वाग्ले, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, शेखर सुवेदीलगायतको लगानी रहेको बताइएको छ । त्यस्तै कमोडिटीज स्टक एक्सचेन्जका लागि मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेटस् एण्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, हिमालयन डेरिभेटिज एण्ड घेरिभेटिभ एक्सचेन्ज र नेपाल मल्टी कमोडिटीज एक्सचेन्ज लिमिटेडले आवेदन दिएका छन् ।