Dhulikhel Eco Banner new

लाभांश प्रस्ताव पारित गर्दै सकियो एनआईसी एसिया लघुवित्तको साधारणसभा

4.68K
shares

काठमाडौं, ११ वैशाख । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको पाँचौ साधारण सभा आइतबार भोटेपुल धरानमा सम्पन्न भएको हो ।

उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । लघुवित्तले चुक्ता पुँजीको १४.७५ प्रतिशतले हुन आउने रकम २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँ (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

लघुवित्त स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकका ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहहरुलाई प्राथमिकतामा राखेको जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २ लाख ३ हजार ८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको जनाएको छ । राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको छ ।

यसका साथै, यस वित्तीय संस्थाले पछिल्लो समयमा अग्निपिडित परिवारहरुलाई खाद्यान्य तथा सामाग्री सहयोग, शितलहरबाट पिडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धा आश्रमलाई नगद सहयोग लगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु गरी समाजिक कार्यहरुमा समेत आफुलाई स्थापित गर्दै आएको छ । यसका साथै संस्थाले ग्राहक सदस्यहरुको स्थायित्व, प्रगती तथा लघुवित्त कार्यक्रमको सुधार तथा स्थायित्वको लागि शिक्षा, स्वास्थ तथा व्यवसाय प्रवद्र्धनमा नियमित रुपमा लाग्दै स्थापनादेखि हालसम्म ग्राहक संरक्षण कोषबाट ३ करोड भन्दा बढी खर्च गरिसकेको छ ।

“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ ।