Dhulikhel Eco Banner new

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने ७५ करोड मात्रै

6.44K
shares

काठमाडौं, ११ वैशाख । हप्ताको दोस्रो कारोबार दिन शेयर बजारमा सामान्य सुधार आएको छ । पछिल्लो समय लगातार रुपमा ओरालो लागेको शेयर बजार सोमबार २ दशमलव ७१ अंकले बढेको हो ।

सोमबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १८८८ दशमलव ३२ अंकमा पुगेको छ । अघिल्लो दिन भने शेयर बजारमामा करिब १ प्रतिशतको गिरावट आएको थियो । बजार परिसूचक सामान्य अंकले बढेको भए पनि कारोबार रकममा भने सुधार हुन सकेन् ।

आज २७० कम्पनीका २७ लाख ६० हजार ८२३ कित्ता शेयर ३३ हजार २१३ पटक किनबेच हुँदा ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँको कारोबार भएको छ । पछिल्लो दिन लगातार रुपमा नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आइरहेको छ ।

सोमबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि शून्य दशमलव २३ अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स ३५९ दशमलव ३७ विन्दुमा पुगेको छ ।