चैत मसान्तसम्म बैंकहरुको खुद ब्याज आम्दानी १ खर्ब ३७ करोड बढी, कुन बैंकको कति ?
वि.सं.२०८० वैशाख १२ मंगलवार ०७:३७
shares

काठमाडौं, ११ वैशाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वितिरण अनुसार वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानीमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चाली आार्थिक वर्षको सोही अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी ४७.९२ प्रतिशतले बढेको हो ।
सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले चैत मसान्तसम्मको अवधिमा १ खर्ब ३७ खर्ब ८१ कारेड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । गत आर्थिक वर्षमा भने बैंकहरुको यस्तो आम्दानी ९३ अर्ब १७ करोड ७ लाख रुपैयाँ रहेको थियो । बैंकहरुका लागि यो महत्वपूर्ण आम्दानीको स्रोत हो ।
बैंकहरुले सार्वजनिक गरेको विवतरण अनुसार चैत मसान्तसम्म खुद ब्याज आम्दानी ११.६ देखि ९९.४९ प्रतिशतसम्म बढेको छ । चैत मसान्तसम्मको अवधिमा सबैभन्दा बढी खुद ब्याज आम्दानी गर्नेमा नविल बैंक रहेको छ । बैंकले १२ अर्ब १० करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८३.६२ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्म बैंकले ६ अर्ब ५८ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै चैत मसान्सम्म ग्लोबल आइएमई बैंक गत आर्थिक वर्षको खुलतामा खुद ब्याज आम्दानी ५८.५ प्रतिशतले बढाएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ११ अर्ब ७९ करोड २१ लाख खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकले ९ महिनामा ९ अर्ब ४९ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ५०.२२ प्रतिशतले बढी हो । यस्तै चैत मसान्तसम्म एनआईसी एसिया बैंकको खुद ब्याज आम्दानी ११.६ प्रतिशतले बढेर ९ अर्ब २१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म एनएमबी बैंकको खुद ब्याज आम्दानी ९ महिनामा ४६.४७ प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ४६ लाख, कृषि विकास बैंकको ११.८४ प्रतिशतले बढेर ६ अर्ब २४ करोड ७३ लाख, सिद्धार्थ बैंकको २७.६१ प्रतिशतले बढेर ६ अर्ब ७ करोड ६१ लाख, एभरेस्ट बैंकको ५९.३७ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड ७२ लाख र प्राइम बैंकको खुद ब्याज आम्दानी ९ महिनामा १८.०६ प्रतिशतले बढेर ५ अर्ब ४७ करोड २५ लाख पुगेको छ ।
यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानी ९९.४९ प्रतिशतले बढेर ७ अर्ब ७९ करोड ५१ लाख, कुमारी बैंकको ८४.७५ प्रतिशतले बढेर ७ अर्ब ४७ करोड ७१ लाख, प्रभु बैंकको ५४.५५ प्रतिशतले बढेर ६ अर्ब ६८ करोड १४ लाख र हिमालयन बैंकको ९३.१३ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
नेपाल बैंकले ९ महिनाको अवधिमा खुद ब्याज आम्दानी ६ अर्ब ४९ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ३७.२ प्रतिशतले बढी हो । यस्तै सानिमा बैंकको खुद ब्याज आम्दानी ४७.०८ प्रतिशतले बढेर ४ अर्ब ९३ करोड ८१ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७८.३५ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ७२ लाख, सिटिजन बैंकको १९.५४ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड ९१ लाख, सनराइज बैंकको ३७.५१ प्रतिशतले बढेर ४ अर्ब १९ करोड ८३ लाख, लक्ष्मी बैंकको ८५.८८ प्रतिशतले बढेर ४ अर्ब १९ करोड ३२ लाख, माछापुच्छे्र बैंकको १४.७८ प्रतिशतले बढेर ४ अर्ब १३ करोड ५५ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको ४४.७७ प्रतिशतले बढेर ४ अर्ब १३ करोड २१ लाख रुपैयाँ छ ।



















