थप ११३ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०८० वैशाख ११ सोमवार १७:४०
4.63K
shares
shares

काठमाडौं, ११ वैशाख । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ८१० जनाको नमुना परीक्षण गर्दा ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा ७२ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ३६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये २९ जना संस्थागत आइसोलेशन, ४ जना सघन उपचार कक्ष (आईसीयू) मा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।



















