पहिलेको भन्दा सानदार मतसहित रवि लामिछाने विजयी
वि.सं.२०८० वैशाख १२ मंगलवार १३:१८
shares
फाइल फोटो
काठमाडौं, १२ वैशाख । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाएका छन् । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।
एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाएका छन् भने यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।



















