Dhulikhel Eco Banner new

डिजी पे द्वारा विभिन्न फ्रेन्चाइजी व्यवसायीहरुसँग सहकार्य

6.92K
shares

काठमाडौं, १९ वैशाख । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागी अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रालिद्वारा पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको छ । डिजी पेले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुुवैमा कारोबार गर्न मिल्ने सुुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवद्र्धनका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको हो ।

डिजी पे मा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आबद्ध हुुनसक्ने छन् । भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ । डिजी पे, स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरू सँग फ्रान्चाइजीको सहकार्य गरेको छ र थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको जानकारी गराएको छ । फ्रान्चाइजीहरूको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पे मा निःशुुल्क आबद्ध गराउनु हो ।

यसका लागी डिजी पे ले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुुविधा ल्याएको छ । यस योजना अन्र्तगत फ्रान्चाइजीहरूले डिजी पे सँगको सहकार्यबाट कम्पनिले प्रदान गरेको लक्ष्य पुुरा भएको अबस्थामा प्रति महिना ४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनिका अध्यक्ष दिवाकर बहादुुर पाण्डेले बताए ।

डिजी पेमा व्यवसायीहरूले निःशुुल्क आबद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचारप्रसार बाट उच्च मुुनाफा आर्जन गर्न सक्नेछन् । आबद्ध हुँदा ५०० रुपैयाँ टपअप र सेवा शुल्कमा छुट, नेपालकै नं एक न्युज टेलिभिजन च्यानल ए.बि.सि न्युज मार्फत विशेष सहुुलियतमा विज्ञापन प्रशारण, राष्ट्रिय दैनिक पत्रिका द नेपालटप मार्फत विज्ञापन, स्टार हस्पिटलको ८२५ रुपैयाँको दुई वटा ओ.पी.डी. टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा बिभिन्न छुट, 21st Tech को Digital Marketing /App Develop मा विशेष छुुट, Binav Creation को Social Media Content Creation   मात्र रु.१५,००० मा साथै डेलिभरी पार्टनर Easy Carrier बाट एकै दिनमा Pick up and Drop,  तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने छन् ।