Dhulikhel Eco Banner new

विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन

364
shares

काठमाडौं, ७ असोज । चालु आर्थिक वर्ष २०८३÷८४ को असाेज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि विभागलाई ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य तोकिएको छ । सो अनुसार वर्षभरिमा असुल गर्न बाँकी राजस्व रकम ५ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई बन्द रहेको विषम परिस्थितिमा पनि सो परिमाणको राजस्व उठेको हो ।

दुई प्रमुख उत्तरी नाका अवरुद्ध भए पनि भन्सार प्रशासनको सक्रियताका कारण भाद्र पहिलो साताभित्रै १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न विभाग सफल भएको जनाएको छ ।

विभागले आगामी दिनमा बाँकी रहेको ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व असुलीलाई मुख्य प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने जनाएको छ ।