Dhulikhel Eco Banner new

लक्ष्मी लघुवित्तका सीईओ श्रेष्ठद्धारा पदभार ग्रहण

5.33K
shares

काठमाडौं, १९ वैशाख । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्याकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । लघुवित्तको नायब महाप्रबन्धक रहेका श्रेष्ठले सोमबार सीईओको पदभार ग्रहण गरेका हुन् ।

लघुवित्तमा प्रकाशराज शर्माका कार्यकाल सकिएपछि श्रेष्ठ नेतृत्वमा आएका हुन् । श्रेष्ठसँग २० वर्षदेखि वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ । उनले निर्धन उत्थान लघुवित्तमा ४ वर्ष, आरएमडीसी लघुवित्तमा करिब ३ वर्ष, भैरहवास्थित पूर्णिमा विकास बैंकमा दुई वर्ष उनले काम गरिसकेका छन् ।