५५ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०८० वैशाख १९ मंगलवार १८:१८
shares

काठमाडौं, १९ वैशाख । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको नमुना परिक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या २५२ पुगेको छ । संक्रमितमध्ये आईशोलेशनमा २५ जना, आईसीयूमा ११ जना छन् ।
संक्रमण बढेसँगै कोरोना विरुद्ध कोरोनाको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।















