Dhulikhel Eco Banner new

ग्लोबल आइएमई बैंक सबैभन्दा धनी, कुन बैंकको सम्पत्ति कति ?

6.44K
shares

काठमाडौं, १८ वैशाख । बैंक तथा वित्तीय संस्थाले कति नाफा कमाउछन् ? बैंकले नाफा कमाउने विषयमा धेरै चासो हुन्छ । यस बाहेक कुन बैंकको ब्याजदर कति होला ? भन्ने विषयमा पनि धेरैको चासो हुन्छ । हामीले मूनाफा र ब्याजदर लगायतका विषयमा यस अघि नै लेखिसक्यौँ । यतिबेला भने हामी कुन बैंकको सम्पत्ति कति छ ? भन्ने विवरण प्रस्तुत गर्दैछौँ ।

बैंकले घर, जग्गा गाडिहरु जोडेका हुन्छन् । घरजग्गा र गाडि बाहेकका अन्य सम्पत्तिहरु पनि बैंकका हुन्छन् । यस्ता सम्पत्तिहरुका आधारमा कुन बैंक कति धनि होलान् । केटिएम भ्वाइसलाई प्राप्त पछिल्लो तथ्यांक अनुसार

ग्लोबल आइएमईको कुल सम्पत्ति ५० करोड ५७ लाख ४६ हजार १६५ रहेको छ । त्यस्तै सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा कम सम्पत्ति भएको बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ ।

आर्थिक वर्ष २०७८ को चैत मसान्तमा ३५ करोड सम्पत्ति रहेको ग्लोबल आइएमई  बैंकको सम्पत्ति १५ करोड बढेको छ । त्यस्तै बढी सम्पती हुने बैंकको दोस्रो स्थानमा नविल बैंक रहेको छ । जसको सम्पत्ति ४४ करोड ३२ लाख २५ हजार ५१६ रुपैयाँ रहेको छ ।

त्यस्तै तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, चौथोमा कुमारी बैंक र पाचौंमा एनआइसी एसिया बैंक रहेको छ । तेस्रो त्रैमासिकसम्मको नतिजा अनुसार ति बैंकहरुको सम्पत्ति क्रमशः ४४ करोड २२ लाख  ८७ हजार ५५३, ३६ करोड ९५ लाख ६८ हजार १५८, ३६ करोड ४७ लाख ७६ हजार ३६५ रहेको छ ।

यस्तै तेस्रो त्रैमासिकको नतिजा अनुसार सबैभन्दा गरिब (कम सम्पत्ति भएको) बैंक भनेर स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । यस बैंकको सम्पत्ति जम्मा १३ करोड ९६ लाख ९० हजार २७३ रहेको छ । आर्थिक वर्ष ०७९ को दोस्रो त्रैमासमा भन्दा तेस्रो त्रैमासमा बैंकहरुको समग्र बैंकको सम्पत्तिमा क्रमशः वृद्धि भएको भएको छ ।

कुन बैंकको कति छ कुल सम्पत्ति  

सि. नं बैंकहरुको नाम कुल सम्पत्ति  (चैत मसान्त) कुल सम्पत्ति (पुस मसान्त)
१. ग्लोबल आइएमई बैंक ५०,५७,४६,१६५ ४९,९८,१५,६३३
२. नबिल बैंक ४४,३२,२५,५१६ ४३,४६,०९,०५८
३. नेपाल इन्भेष्टमेण्ट मेघा बैंक ४४, २२,८७,५५३ ४६,३४,४७,३५६
४. कुमारी बैंक ३६, ९५, ६८,१५८ ३७,०९,२८,९६५
५. एनआइसि एसिया बैंक ३६,४७,७६,३६५ ३५,८२,७६,७७१
६. राष्ट्रिय वाणिज्य बैंक ३४,८८,३९,३५९ ३२,८६,३३,३१५
७. प्रभु बैंक ३४,१७,३२,२७० ३४,३५,०४,९३९
८. हिमालयन बैंक ३३,०६,७१,८६९ २१,४४,९५,७१२
९. नेपाल बैंक २७,८७,६८,१३६ २६,२७,६२,९१५
१०. एनएमबि बैंक २७,४८,५५,८५२ २६,९५,८५,४१५
११. सिद्धार्थ बैंक २७,३८,३१,७७० २५,७२,९७,९९३
१२. कृषि विकास बैंक २४,५६,५०,१२४ २३,९६,९५,१५७
१३. एभरेष्ट बैंक २३,७८,९७,१९९ २४,८३,५०,७६९
१४. प्राइम कमर्सियल बैंक २१,३६,५४,३६३ २१,२१,६७,२८७
१५. सानिमा बैंक २०,५१,७८,६४८ १९,६२,०२,७६१
१६. सिटिजन्स बैंक १९,०८,३३,७२७ १९,३३,५७,७००
१७. माछापुच्छ्रे बैंक १८,५८,८३,४७८ १८,५०,२२,८१२
१८. लक्ष्मी बैंक १८,१३,२३,९२५ १७,८५,३८,११८
१९. नेपाल एसबिआई १७,७६,९६,१८४ १६,८७,०७,०६०
२०. सनराइज बैंक १६,२९,७७,१५६ १६,५५,९२,४२१
२१. स्ट्यान्डर्ड चार्टर्ड १३,९६,९०,२७३ १३,७७,६०,७२०

उल्लेखित तथ्यांक अनुसार एभरेष्ट बैंक, सिटिजन बैंक ,सनराइज बैंक र नेपाल इन्भेष्टमेण्ट मेघा बैंकको कुल सम्पत्ति आर्थिक वर्ष २०७९ को दोस्रो त्रैमासमा भन्दा केहि घटेको छ । एभरेष्ट बैंकको सम्पत्ति दोस्रो त्रैमासिकको पुसमा २४ करोड, ८३ लाख, ५० हजार, ७६९ थियो भने तेस्रो त्रैमासमा आइपुग्दा घटेर २३ करोड, ७८ लाख, ९७ हजार, १९९ झरेको छ । त्यस्तै सिटिजन बैंकको दोस्रो त्रैमासको कुल सम्पत्ति १९ करोड, ३३ लाख, ५७ हजार, ७०० थियो भने तेस्रो त्रैमासिकसम्म आइपुग्दा सम्पत्ति घटेर १९ करोड, ८ लाख, ३३ हजार, ७२७ मा झरेको छ ।

त्यस्तै सन्राइज बैंकको पनि दोस्रो त्रैमासिकको भन्दा तेस्रो त्रैमासिकमा आइपुग्दा सम्पत्ति घटेको छ । दोस्रो त्रैमासिकमा १६ करोड, ५५ लाख, ९२ हजार, ४२१ रहेको सम्पत्ति तेस्रो त्रैमासिकसम्म आइपुग्दा १६ करोड, २९ लाख, ७७ हजार, १५६ मा पुगेको हो ।