९ अंकले नेप्से घट्दा पनि यि कम्पनीको शेयर मूल्य भने राम्रै बढ्यो
वि.सं.२०८० वैशाख २० बुधवार १६:०३
shares

काठमाडौं, २० चैत । बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव १८ अंकले ओरालो लाग्यो । नेप्से परिसूचक घटेर १ हजार ८ सय ५७ दशमलव २३ मा झर्यो । नेप्से परिसूचक समग्रमा ओरालो लागे पनि केही कम्पनीहरुको शेयर मूल्य भने राम्रै बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार धेरै कमाउनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् । यस लघुवित्तको एकैदिन ६ दशमलव ०९ प्रतिशत अर्थात २६ रुपैयाँ ६० पैसा बढेर ४६८ दशमलव ५० रुपैयाँमा पुगेको छ ।
दोस्रोमा धेरै कमाउनेमा स्वेतगंगा हाइड्रोपावर देखिएको छ । यसको सेयरमूल्य १७ रुपैयाँ २० पैसाले बढेर ३२१ रुपैयाँ २० पैसा भएको छ । तेस्रोमा इन्फिनिटी लघुवित्तको २३ रुपैयाँ ९० पैसा बढेर ६१७ रुपैयाँ ६० पैसामा पुगेको छ भने युनिलिभर नेपालको ६५८ रुपैयाँले बढेर २३ हजार २ सय पुगेको छ ।















