Dhulikhel Eco Banner new

वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस

5.1K
shares

काठमाडौं, २० वैशाख । सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकले, संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मंलबार र बुधबार बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले भनिन् ‘संसद बैठक आह्वानको निम्ति राष्ट्रपति समक्ष सिफारिस गर्ने भन्ने निर्णय भएको छ ।’

संसद्को हिउँदे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको थियो ।
यो अधिवेशनमा आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।