ग्लोबल आइएमई बैंक सबैभन्दा धनी, कुन बैंकको सम्पत्ति कति ?
वि.सं.२०८० वैशाख २० बुधवार १६:२०
shares

काठमाडौं, १८ वैशाख । बैंक तथा वित्तीय संस्थाले कति नाफा कमाउछन् ? बैंकले नाफा कमाउने विषयमा धेरै चासो हुन्छ । यस बाहेक कुन बैंकको ब्याजदर कति होला ? भन्ने विषयमा पनि धेरैको चासो हुन्छ । हामीले मूनाफा र ब्याजदर लगायतका विषयमा यस अघि नै लेखिसक्यौँ । यतिबेला भने हामी कुन बैंकको सम्पत्ति कति छ ? भन्ने विवरण प्रस्तुत गर्दैछौँ ।
बैंकले घर, जग्गा गाडिहरु जोडेका हुन्छन् । घरजग्गा र गाडि बाहेकका अन्य सम्पत्तिहरु पनि बैंकका हुन्छन् । यस्ता सम्पत्तिहरुका आधारमा कुन बैंक कति धनि होलान् । केटिएम भ्वाइसलाई प्राप्त पछिल्लो तथ्यांक अनुसार
ग्लोबल आइएमईको कुल सम्पत्ति ५० करोड ५७ लाख ४६ हजार १६५ रहेको छ । त्यस्तै सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा कम सम्पत्ति भएको बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ ।
आर्थिक वर्ष २०७८ को चैत मसान्तमा ३५ करोड सम्पत्ति रहेको ग्लोबल आइएमई बैंकको सम्पत्ति १५ करोड बढेको छ । त्यस्तै बढी सम्पती हुने बैंकको दोस्रो स्थानमा नविल बैंक रहेको छ । जसको सम्पत्ति ४४ करोड ३२ लाख २५ हजार ५१६ रुपैयाँ रहेको छ ।
त्यस्तै तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, चौथोमा कुमारी बैंक र पाचौंमा एनआइसी एसिया बैंक रहेको छ । तेस्रो त्रैमासिकसम्मको नतिजा अनुसार ति बैंकहरुको सम्पत्ति क्रमशः ४४ करोड २२ लाख ८७ हजार ५५३, ३६ करोड ९५ लाख ६८ हजार १५८, ३६ करोड ४७ लाख ७६ हजार ३६५ रहेको छ ।
यस्तै तेस्रो त्रैमासिकको नतिजा अनुसार सबैभन्दा गरिब (कम सम्पत्ति भएको) बैंक भनेर स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । यस बैंकको सम्पत्ति जम्मा १३ करोड ९६ लाख ९० हजार २७३ रहेको छ । आर्थिक वर्ष ०७९ को दोस्रो त्रैमासमा भन्दा तेस्रो त्रैमासमा बैंकहरुको समग्र बैंकको सम्पत्तिमा क्रमशः वृद्धि भएको भएको छ ।
कुन बैंकको कति छ कुल सम्पत्ति
| सि. नं | बैंकहरुको नाम | कुल सम्पत्ति (चैत मसान्त) | कुल सम्पत्ति (पुस मसान्त) |
| १. | ग्लोबल आइएमई बैंक | ५०,५७,४६,१६५ | ४९,९८,१५,६३३ |
| २. | नबिल बैंक | ४४,३२,२५,५१६ | ४३,४६,०९,०५८ |
| ३. | नेपाल इन्भेष्टमेण्ट मेघा बैंक | ४४, २२,८७,५५३ | ४६,३४,४७,३५६ |
| ४. | कुमारी बैंक | ३६, ९५, ६८,१५८ | ३७,०९,२८,९६५ |
| ५. | एनआइसि एसिया बैंक | ३६,४७,७६,३६५ | ३५,८२,७६,७७१ |
| ६. | राष्ट्रिय वाणिज्य बैंक | ३४,८८,३९,३५९ | ३२,८६,३३,३१५ |
| ७. | प्रभु बैंक | ३४,१७,३२,२७० | ३४,३५,०४,९३९ |
| ८. | हिमालयन बैंक | ३३,०६,७१,८६९ | २१,४४,९५,७१२ |
| ९. | नेपाल बैंक | २७,८७,६८,१३६ | २६,२७,६२,९१५ |
| १०. | एनएमबि बैंक | २७,४८,५५,८५२ | २६,९५,८५,४१५ |
| ११. | सिद्धार्थ बैंक | २७,३८,३१,७७० | २५,७२,९७,९९३ |
| १२. | कृषि विकास बैंक | २४,५६,५०,१२४ | २३,९६,९५,१५७ |
| १३. | एभरेष्ट बैंक | २३,७८,९७,१९९ | २४,८३,५०,७६९ |
| १४. | प्राइम कमर्सियल बैंक | २१,३६,५४,३६३ | २१,२१,६७,२८७ |
| १५. | सानिमा बैंक | २०,५१,७८,६४८ | १९,६२,०२,७६१ |
| १६. | सिटिजन्स बैंक | १९,०८,३३,७२७ | १९,३३,५७,७०० |
| १७. | माछापुच्छ्रे बैंक | १८,५८,८३,४७८ | १८,५०,२२,८१२ |
| १८. | लक्ष्मी बैंक | १८,१३,२३,९२५ | १७,८५,३८,११८ |
| १९. | नेपाल एसबिआई | १७,७६,९६,१८४ | १६,८७,०७,०६० |
| २०. | सनराइज बैंक | १६,२९,७७,१५६ | १६,५५,९२,४२१ |
| २१. | स्ट्यान्डर्ड चार्टर्ड | १३,९६,९०,२७३ | १३,७७,६०,७२० |
उल्लेखित तथ्यांक अनुसार एभरेष्ट बैंक, सिटिजन बैंक ,सनराइज बैंक र नेपाल इन्भेष्टमेण्ट मेघा बैंकको कुल सम्पत्ति आर्थिक वर्ष २०७९ को दोस्रो त्रैमासमा भन्दा केहि घटेको छ । एभरेष्ट बैंकको सम्पत्ति दोस्रो त्रैमासिकको पुसमा २४ करोड, ८३ लाख, ५० हजार, ७६९ थियो भने तेस्रो त्रैमासमा आइपुग्दा घटेर २३ करोड, ७८ लाख, ९७ हजार, १९९ झरेको छ । त्यस्तै सिटिजन बैंकको दोस्रो त्रैमासको कुल सम्पत्ति १९ करोड, ३३ लाख, ५७ हजार, ७०० थियो भने तेस्रो त्रैमासिकसम्म आइपुग्दा सम्पत्ति घटेर १९ करोड, ८ लाख, ३३ हजार, ७२७ मा झरेको छ ।
त्यस्तै सन्राइज बैंकको पनि दोस्रो त्रैमासिकको भन्दा तेस्रो त्रैमासिकमा आइपुग्दा सम्पत्ति घटेको छ । दोस्रो त्रैमासिकमा १६ करोड, ५५ लाख, ९२ हजार, ४२१ रहेको सम्पत्ति तेस्रो त्रैमासिकसम्म आइपुग्दा १६ करोड, २९ लाख, ७७ हजार, १५६ मा पुगेको हो ।















