Dhulikhel Eco Banner new

पदको लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ : अध्यक्ष नेपाल

4.56K
shares

काठमाडौं, २० वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद ओगटेर बस्नेहरुलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एकीकृत ट्रेड युनियन महासंघको नवनिर्वाचित कमिटीको घोषणा सभालाई सम्बोधन गर्दै उनले काम नगरि पदको लागि मात्र मरिहत्ते गर्नेहरुलाई विदाई गर्नुपर्ने बताए ।

उनले भने ‘काममा नजुट्ने मान्छेहरुलाई विदा गर्नु पर्छ र पद ओगटेर बस्ने र पदको लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । ’

अध्यक्ष नेपालले काममा जोश र जाँगरका साथ जुट्नुपर्ने बताए । उनले काम गर्ने शिलशिलामा अनेकौं बाधाहरु आउने गरेको चर्चा गर्दै राम्रो काम गर्नेहरुलाई विरोधीले खुट्टा तान्ने,भ्रम छर्ने कामहरु गर्ने गरेको र त्यो सबै चुनौतीको सामना गर्न सक्नु पर्ने बताए ।