Dhulikhel Eco Banner new

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

4.81K
shares

काठमाडौं, २२ वैशाख । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा २५७ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १६२ पुगेको छ भने संस्थागत आइशोलेशनमा २४ जना र आईसीयूमा १२ जना उपचारत् छन् ।

शुक्रबार मात्र ५७ जना कोरोनाबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।