सुनको भाउ बढ्यो, चाँदीको स्थिर
वि.सं.२०८० वैशाख २६ मंगलवार ११:४४
4.68K
shares
shares

काठमाडौं, २६ वैशाख । मंगलबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिनको जस्तै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३०० रुपैयाँले बढेर १ लाख ११ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूलय १ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ । चाँदीको मूल्य गएको बिहीवारदेखि स्थिर रहेको छ । चाँदी तोलाको १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



















