शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम ७७ करोडमा सिमित
वि.सं.२०८० वैशाख २६ मंगलवार १५:०८
shares

काठमाडौं, २६ वैशाख । मंगलबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । पछिल्ला दिनहरुमा ओरालो लागिरहेको शेयर बजार मंगलबार १० दशमलव ६६ अंकले बढेको हो ।
पछिल्लो समय शेयर बजारमा गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार १२ दशमलव ७३ अंकको सुधार देखिएको थियो । यो हप्ताको पहिलो र दोस्रो दिन लगातार रुपमा दोहोरो अंकले ओरालो लागेको शेयर बजार मंगलबार १० दशमलव ६६ अंकले बढेर १८४४ दशमलव ३६ अंकमा पुगेको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन केही सुधार देखिएको कारोबार रकम मंगलबार पुनः घटेको हो । मंगलबार २६९ कम्पनीका २८ लाख ३२ हजार ९६४ कित्ता शेयर २० हजार ६९६ पटक खरिद बिक्री हुँदा ७७ करोड ३६ लाख ५२ हजार ३५४ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि मंगलबार बढेको छ । सेन्सेटिभ इन्डेक्स १ दशमलव ८७ अंकले बढेर ३५४ दशमलव २५ अंकमा पुगेको छ ।



















