Dhulikhel Eco Banner new

सनराइज बैंकका ग्राहकले अरोगिन हेल्थकेयरको सेवामा ४५ प्रतिशतसम्म छुट पाउने

4.59K
shares

काठमाडौं, २७ वैशाख । सनराइज बैंकका ग्राहकहरुले अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र हेल्थकेयर बीच भएको सम्झौता अनुसार बैंकको क्रेडिट, डेबिट कार्ड, क्यू आर वा मोवाइल बैंकिङ मार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशत सम्मको छुट पाउन भएका हुन् ।

सन्राइज बैंकले आफ्ना ग्राहकरुलाई नयाँ र समय सापेक्षीक सेवा प्रदान गर्दै आएको छ । सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।

त्यसै क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसंग सम्झौता गरेको छ । सन्राइज बैंक लिमिटेड तथा अरोगिन हेल्थकेयर बिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको क्रेडिट, डेबिट कार्ड, क्यू आर वा मोवाइल बैंकिङ मार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशत सम्मको छुट पाउन सक्ने जनाइएको छ । सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।