Dhulikhel Eco Banner new

बीमालेख संकलनमा कर्णालीको हिस्सा १.४४ प्रतिशत मात्रै

4.26K
shares

काठमाडौं, २८ वैशाख । नेपालमा सञ्चालित बीमा कम्पनीहरु सुगम क्षेत्रमा केन्द्रित देखिएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार दुर्गम भन्दा सुगम क्षेत्रमा बीमा कम्पनी केन्द्रित देखिएका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार संघीय संरचना अनुसार बीमा कम्पनीहरु बागमती प्रदेशका बढी केन्द्रित भएको देखिन्छ । बीमा कम्पनीको व्यवसाय र बीमा लेखको हिस्सा बागमती प्रदेशकले सबैभन्दा धेरै ओगटेको छ । बीमा कम्पनीहरुले बागमती प्रदेशमा ७२ प्रतिशतभन्दा धेरै बीमा लेख संकलन गरेका छन् भने सबैभन्दा कम कर्णालीबा संकलन भएको छ । कर्णाली प्रदेशले जम्मा बीमा लेखको १.४४ प्रतिशत हिस्सा ओगटेको छ ।

देशभर १ करोड ४१ लाख ६५ हजार ९९८ वटा सक्रिय बीमा लेखहुँदा वागमतीमा १ करोड २ लाख ३० हजार ८० र कर्णालीमा जम्मा २ लाख ३ हजार ६०० रहेका छन् । यसरी हेर्दा वागमतीमा ७२.२२ प्रतिशत र कर्णालीले जम्मा बीमाको १.४४ प्रतिशत हिस्सा ओगटेको छ । तथ्यांकअनुसार सक्रिय रहेका कुल पोलिसिमध्ये ८.९१ प्रतिशत बिमालेख कोशी प्रदेशका छन् । मधेश प्रदेशको कुल सक्रिय बिमालेखमा ३.५९ प्रतिशत हिस्सा रहेको छ  । यस्तै, गण्डकीमा ४.२९ प्रतिशत, लुम्बिनी प्रदेशमा ६.३६ प्रतिशत र सुदुरपश्चिम प्रदेशको ३.१९ प्रतिशत छ ।

प्राधिकरणको तथ्यांक अनुसार कोशी प्रदेशका सक्रिय रहेको बिमालेखको संख्या १२ लाख ६२ हजार ८२६, मधेश प्रदेशमा ५ लाख ७ हजार ८५३, गण्डकी प्रदेशमा ६ लाख ८ हजार ५४८, लुम्बिनी प्रदेशमा ९ लाख १ हजार ६४१ र सुदुरश्चिम प्रदेशमा ४ लाख ५१ हजार ४१४ वटा रहेका छन् ।