खुद बीमा शुल्क बढेसँगै नेपाल लाइफ नाफा बढ्यो
वि.सं.२०८० वैशाख २९ शुक्रवार ११:३०
shares

काठमाडौं, २९ वैशाख । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा बढेको छ । कम्पनीको खुद बीमा शूल्क बढेसँगै गत वर्ष ऋणात्मक रहेको नाफा चालू आर्थिक वर्षको ९ महिनामा वृद्धि भएको हो ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ४४ करोड ६५ लाख रुपैयाँ धनात्मक भएको छ । गत आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीको नाफा १९ करोड रुपैयाँ ऋणात्मक रहेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क ३.२४ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २५ अर्ब ९९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको खुद बीमाशुल्क, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सले ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
नाफा वृद्धि भएसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । चैत मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २५ पैसा रहेको पुगेको छ । इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.१९ गुणा रहेको छ ।



















