Dhulikhel Eco Banner new

धौलागिरी हिमपातमा परि मृत्यु भएका तामाङको शव काठमाडौं ल्याइयो

6.05K
shares

काठमाडौं, ३० वैशाख । धौलागिरी हिमालमा भएको हिमपातमा परि मृत्यु भएका माउण्टेन गाईड रामबहादुर तामाङ्गको शव काठमाडौं ल्याइएको छ । उनको शवलाई शनिवार बेसक्याम्पबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो ।

मृतक तामाङ्ग गत असोज ५ गते धौलागिरी हिमाल आरोहणको लागि कोरियाली आरोही टोली लिएर जाने क्रममा असोज २० गते भएको भारी हिमपातका कारण बेपत्ता भएका थिए । नेपाली सेनाको सहयोगमा शेर्पा आरोहीहरु सम्मिलित टोलीले बैशाख २८ र २९ गते तामाङको खोजी गरेको थियो ।
खोजीको क्रममा करिब ५ हजार मिटरको उचाइमा रहेको शवलाई फेला पारेर शुक्रबार बेसक्याम्पसम्म ल्याइएको थियो ।