Dhulikhel Eco Banner new

के हो एमडीएमएस सिस्टम ?

6.24K
shares

काठमाडौं, १ जेठ । सोमबार (आज)देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा आएको छ । नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न सोमबारदेखि एमडीएमएस पूर्ण रुपमा लागू भएको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ । यो सिस्टम कार्यान्वयनमा आएपछि अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ । त्यसका साथै यो सिस्टममा दर्ता नभएका मोबाइलहरुमा सिम चल्ने छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न लागू गरिएको प्रणाली नै एमडीएमएस हो । अवैधरुपमा राज्यमा भित्रिने मोबाइलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाइल तथा सीमको अनधिकृत प्रयोगलाई कानूनी दायरामा ल्याउन यो सिस्टमले महत्वपूर्ण भूमिक खेल्ने छ । नेपालभित्र प्रयोगमा रहेका मोबाइल डिभाइसहरूको आईएमईआइ नम्बर अनलाइनबाट दर्ता गर्ने प्रयोजनका लागि एमडीएमएस सिस्टम ल्याइएको हो । मोबाइल डिभाइसहरू पत्ता लगाउन र अनधिकृत सेटहरूको सेवा बन्द गर्न एमडीएमएसको प्रयोग गरिन्छ ।

त्यस्तै, विदेशबाट फोन ल्याएर मोबाइल नेटवर्कमा जोडिन चाहनेले एमडीएमएस प्रणालीमा फोन दर्ता गर्नुपर्छ । विदेशबाट आएका व्यक्ति मात्रै नभएर व्यवसायीहरुले मोबाइल फोन भित्र्याउने बेलामा एमडीएमएस प्रणालीको इम्पोटर्स पोर्टलबाट आइएमइआइ नम्बरहरू दर्ता गराउनुपर्छ । उक्त नम्बर दर्ता भएपछि प्राधिकरणले त्यसको परीक्षण गर्छ ।

विदेशबाट ल्याएका वा पठाएका फोनको हकमा प्रयोगकर्ता स्वयंले आइएमइआइ नम्बर दर्ता गर्नुपर्छ । प्राधिकरणको वेबसाइटमा गएर मोबाइल दर्तामा क्लिक गरी दर्ता गर्न सकिन्छ । यसका लागि शुल्क लाग्दैन । सीम प्रयोग हुने उपकरणमा १५ अंकको आइएमइआइ नम्बर हुन्छ । त्यस्तो उपकरणको आइएमइआइ एक अर्कासँग मेल खाँदैन । उक्त आइएमइआइ नम्बर उक्त उपकरणको परिचय प्रदान गर्ने गुण हो ।

यो सिस्टम कार्यान्वयनमा आएसँगै मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल चल्ने छैनन् ।