Dhulikhel Eco Banner new

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

5.07K
shares

काठमाडौं, १ जेठ । साताको कारोबार हुने दोस्रो दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २०० रुपेयाँले महहंगो भएको छ भने चाँदीको मूल्य स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने सुनको भाउ स्थिर रहेको थियो ।

चाँदीको मूल्य भने लगातार दोश्रो दिन स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।