Dhulikhel Eco Banner new

बैकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

6.99K
shares

काठमाडौं, १ जेठ । उच्च अदालत पाटनबाट बैकिङ् कसुरमा दोषी ठहर भई फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गजुरा २ रौतहट घर भएका हाल भक्तपुर ठिमी बस्दै आईरहेका ३२ बर्षीय उत्तरमान गोले रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा ४ लाख ६० हजार जरिवाना र २ दिन कैद सजाय तोकीएपछि फरार रहेका गोलेलाई प्रहरीले लोकन्थलिबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई जिल्ला अदालतमा पेश गरिएको कुरा प्रहरीले बताएका छन् ।