Dhulikhel Eco Banner new

आर्थिक परिसूचक लयमा फर्कदै गएको छ : राष्ट्रपति पौडेल

4.9K
shares

काठमाडौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक परिसूचक लयमा फर्कदै गएको बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को निती तथा कार्यक्रममा प्रस्तुत गर्दै उनले रुस र युक्रेनको युद्धका कारण देशको अर्थतन्त्रमा समस्या सिर्जना भएको बताएका हुन् ।

अर्थतन्त्रको बाह्य क्षेत्र र औद्योगिक वातावरणमा सुधार गर्दै लगानी र उत्पादन वृद्धि गरि अर्थतन्त्रको सुदृढिकरणमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्ने भएको भन्दै उनले अर्थतन्त्रको विद्यमान समस्यालाई समाधान गर्दै समस्टिगत आर्थिक स्थायित्व सहितको दिगो आर्थिक वृद्धि हाँसिल गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

उनले भष्ट्राचार नियन्त्रणमा सरकार अघि बढेको समेत बताए ।