सुकुम्बासीलाई स्थानान्तरण गर्ने सरकारको घोषणा
वि.सं.२०८० जेठ ५ शुक्रवार १७:२६
4.26K
shares
shares

काठमाडौं, ५ जेठ । सरकारले काठमाडौं उपत्यकालगायत नदीआसपासको सुकुम्बासी घटाउने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकालगायत अन्य स्थानका नदी किनारआसपास रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरेर नदीकिनारका अतिक्रमित भूमी खालि गराइने घोषणा गरेका हुन् ।



















